You are viewing the translated version of निकासी वा पैठारी संकेत नम्बर लिनुपर्ने.
Section 89B
निकासी वा पैठारी संकेत नम्बर लिनुपर्ने
(१) कुनै पनि व्यक्तिले निकासी वा पैठारी सङ्भेत नम्बर नलिई मालवस्तु निकासी वा पैठारी गर्न पाइने छैन।
तर तोकिए बमोजिमको व्यक्तिले निकासी वा पैठारी सङ्केत नम्बर नलिई निकासी वा पैठारी गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम लिएको निकासी वा पैठारी संकेत नम्बर तोकिए बमोजिम नविकरण गर्नुपर्नेछ ।
(३) उपदफा (२) बमोजिम नविकरण गर्दा तोकिए बमोजिमको दस्तुर लाग्नेछ ।
(४) नविकरण नगरी त्यस्तो निकासी वा पैठारी संकेत नम्बर प्रयोग गरी निकासी वा पैठारी सम्बन्धी कारोबार गर्न पाइनेछैन ।
(५) तोकिए बमोजिमको समयभित्र नवीकरण नगरेमा त्यस्तो निकासी वा पैठारी संकेत नम्बर स्वतः रद्द हुनेछ ।
(६) यस दफा बमोजिमको निकासी वा पैठारी संकेत नम्बरको प्रशासन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकायले गर्नेछ र त्यस्तो सूचना प्रकाशन नभएसम्म त्यस्तो संकेत नम्बरको प्रशासनसम्बन्धी काम भन्सार विभागले गर्नेछ ।
(७) निकासी वा पैठारी सङ्केत नम्बर सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।